सम्बन्धविच्छेद गरी पुनः अर्को व्यक्तिसँग विवाह दर्ता गरी नागरिकता प्रमाण पत्र प्रतिलिपि लिनु परेमा के गर्नु पर्दछ ?
सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भएको नागरिकता प्रतिलिपि अनुसूची फाराम।( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)
नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सो को सक्कलै र हराएको भए नागरिकताको प्रतिलिपि पेश गर्ने।
सम्बन्धविच्छेद दर्ता प्रमाण पत्रको सक्कल प्रति र सो को फोटोकपी पाना-१।
अदालतको फैसला र सो को फोटोकपी पाना-१।
पतिको नागरिकता प्रमाण पत्रको सक्कल प्रति र सो को फोटोकपी पाना-१।
पतिको पहिलो वा दोस्रो विवाह भएको सम्बन्धमा स्पष्ट खुलाई आएको वडा कार्यालयको सिफारिस पत्र।
पति र पत्नीको उमेर अन्तर धेरै भएमा वा पहिलो/दोस्रो विवाह सम्बन्धमा दुविधा भएमा कार्यालयले आवश्यकता अनुसार प्रहरी सर्जमिन मुचुल्का वा वडा सर्जमिन मुचुल्का समेत बुझ्न सक्नेछ।
पतिको दोस्रो विवाहको हकमा (पूर्व पत्नीको मृत्यु भएमा मृत्यु दर्ता प्रमाणपत्र, सम्बन्धविच्छेद भएकोमा अदालतको फैसला र सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र)।
