सम्बन्धविच्छेद गरी माईती तर्फबाट पुनः नागरिकताको प्रतिलिपि लिनको लागि के गर्नुपर्छ ?
सम्बन्धित वडा कार्यालयबाट प्रमाणित भएको नागरिकता प्रतिलिपि अनुसूची फाराम ( नेपाल नागरिकता वितरण कार्यविधि निर्देशिका, २०६३ मा उल्लेख)।
नागरिकता प्रमाण पत्र बिग्रिएमा वा झुत्रो भएमा सोको सक्कलै प्रति र हराएको भए नागरिकता प्रमाण पत्रको फोटोकपि पेश गर्ने।
सम्बन्धविच्छेद प्रमाण पत्रको सक्कलै प्रति र सोको फोटोकपी पाना-१।
अदालतको फैसला र सो को फोटोकपी पाना-१।
माईती तर्फबाट सनाखत गर्न आउने व्यक्तिको सक्कलै नागरिकता प्रमाण पत्र र सो को फोटोकपी पाना-१।
