Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

सोमबार, असार २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नयाँ नागरिकता

स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट फोटो प्रमाणित सहितको ONLINE नागरिकता सिफारिस साथै क्र.सं. २ मा उल्लेख भएका अन्य कागजातहरु ।

स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयबाट फोटो प्रमाणित सहितको अनुसूची-१ बमोजिमको ONLINE नागरिकता सिफारिस
निवेदकको जन्म दर्ताको प्रमाण पत्र  
बाबु/आमाको नागरिकताको प्रमाण पत्र
शैक्षिक योग्यताको प्रमाण पत्र
सनाखत गर्न आउने व्यक्तिको नागरिकता

सनाखतको लागि एकाघरका वा नाता खुलेको अभिभावक हुनुपर्दछ ।
सम्भव भएसम्म बाबु वा आमाले सनाखत गर्नु पर्दछ । सो नभएमा तीन पुस्ता भित्रका बंशज खुलेका अभिभावकले सनाखत गर्न सक्दछ ।
आमाले सनाखत गर्ने अवस्थामा आमाको नागरिकतामा पति (निवेदकको बुबा) को नाम कायम छैन भने विवाहदर्ता वा विवाह प्रमाणित समेत पेश गर्नु पदर्छ ।
बाबु वा आमा के कारणले उपस्थित हुन नसक्ने हो सनाखत गर्न आउने व्यह्तिको ना.प्र.प.नं. सहितको किटानी सिफारिस र नाता प्रमाणित (फोटो सहितको तीन पुस्ते खुलाएर)

आवश्यक सम्पुर्ण कागजातहरु सक्कलै पेश गर्नुपर्दछ

घटना दर्ताका कागजातहरु सम्बन्धित वडा कार्यालयबाट अनिवार्य ONLINE गर्नुपर्दछ ।

नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
बसाईसराई दर्ता प्रमाण पत्र
जग्गाधनी प्रमाण पूर्जा

नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
सम्बन्धित वडा कार्यालयबाट स्थायी बसोबास प्रमाणित
पानी/बिजुली/टेलिफोन आदिको ग्राहक कार्ड,घर कर रसिद,
भूमिहिन / सुकुम्बासी परिचयपत्रराष्ट्रिय भूमि आयोगमा निवेदन दर्ता तथा नाप नक्सा निस्सा

नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
विवाहदर्ता प्रमाण पत्र
पति स्वयम् र पतिको नागरिकता
पति स्वयम् उपस्थित हुन नसकेमा पतिको एकाघरको सदस्य निजको नागरिकता र नाता प्रमाणित सहित उपस्थित हुनु पर्दछ ।

नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
सनाखत गर्ने व्यक्ति स्वयम् उपस्थित भई निजको नागरिकता र नाता प्रमाणित पेश गर्नुपर्दछ।

नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
दिदि/बहिनी स्वयम् उपस्थित भई निजको नागरिकता, नाता प्रमाणित र अविवाहित सिफारिस  पेश गर्नुपर्दछ ।

सादा पृष्ठभूमी (Background) रंग रातो अथवा धेरै गाढा नभएको,
दुवै कान र मुखाकृति प्रष्ट रुपमा देखिएको,
चश्मा नलगाएको,
ढाकाटोपी र धार्मिक र सांस्कृतिक टोपी बाहेक अन्य टोपी नलगाएको,
कुनै निश्‍चित सेवा वा समूहको पहिचानका लागि तोकिएको पोशाक नलगाएको,
हालसालै खिचेको २.५*३ से.मी साईजको २ प्रति फोटो
नयाँ नागरिकता बनाउँदा आवश्यक पर्ने कागजातका अतिरिक्त
अस्पतालमा जन्म भएको भए अस्पतालले जारी गरेको जन्म दर्ता 
वडा मुचुल्का
आवश्यकता अनुसार कार्यालयले थप मुचुल्का, प्रमाण-कागजातहरु बुझ्‍न/झिकाउन सक्ने
अनुसूची ७ बमोजिमको सम्बन्धित वडा कार्यालयबाट वैवाहिक सम्बन्ध खुलेको ONLINE सिफारिस
विवाहदर्ता प्रमाणपत्र
पतिको नेपाली नागरिकता प्रमाणपत्र
आफू जन्मेको मुलुकको / विदेशी नागरिकता त्यागेको वा त्याग्‍ने कारवाही चलाएको निस्सा/पत्र
आफु जन्मेको मुलुकको जन्मदर्ता वा जन्म प्रमाणित गर्ने कागजात,
निवेदक र बाबु/आमाको आधार कार्ड/भोटर कार्ड,
भिसा लिनुपर्ने मुलुकको/देशको महिला भए नेपाल आउँदा प्रयोग भएको राहदानी र मान्य अवधिको भिसा,
सनाखत गर्ने (पति, ससुरा, सासु, देवर वा जेठाजु) को नेपाली नागरिकता प्रमाणपत्र
सनाखत गर्ने व्यक्ति संग नाता खुलेको कागजात / नाता प्रमाणित सक्कल प्रति
अनुसूची ८ ग  बमोजिमको सम्बन्धित वडा कार्यालयबाट सिफारिस,
निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण/नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति,
निवेदकले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,
विदेशी मुलुकको नागरिकता भएको प्रमाण,
एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र वाहेकको देशमा बसोवास गरेको प्रमाण,
नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले निवेदन दिँदा निजले पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र र नेपाली राहदानी समेत पेश गर्नु पर्नेछ,
हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपी,
अनुसुची ८ घ बमोजिमको प्रतिवद्धता पत्र,
अनुसुची ८ च बमोजिमको सपथ,
वडा/प्रहरी सर्जमिन मुचुल्का,
अन्य तोकिएको कागजातहरु,
निवेदकको विदेशी मुलुकको नागरिकता वा राहदानीको बैधताको विषयमा निज नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली कुटनीतिक नियोगसँग बुझ्‍न सकिने,
तोकिए बमोजिमको आवश्यक कागजात प्राप्त भए पछि आवश्यक सबुद प्रमाण बुझी गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र जारी हुने ।
सुरु नागरिकता जारी भएको जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र त्याग गर्ने
नेपाली नागरिकता त्याग गरेको निस्सा सहित आएमा सिन्धुपाल्चोक जिल्लाबाट गैरआवसीय नेपाली नागरिकता लिन सकिन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-26 13:04:18

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक