Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

बुधबार, असार ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्लाको परिचय

2076-05-10

2076-05-10


Final_Map_of_Sindhupalchowk_001_Copy.jpg तस्बिर :

जिल्लाको उत्तरमा रहेको सिन्धु नदी र पाल्चोक भगवतीको नामबाट नामाकरण गरिएको मध्य क्षेत्रको बागमती अञ्चलमा पर्ने सिन्धुपाल्चोक जिल्ला २७.२७ उत्तर देखि २८.१३ उत्तरी आक्षांस र ८५.२७ पुर्व देखि ८६.०६ पुर्व सम्म देशान्तरमा अबस्थित रहेको छ । नेपाल राष्ट्रको कूल क्षेत्रफल मध्ये १.७३भू-भाग ओगटेको सिन्धुपाल्चोक जिल्ला मध्यमाञ्चल बिकास क्षेत्रको १९ वटा जिल्लाहरु मध्ये क्षेत्रफलका दृष्टिले सबैभन्दा ठुलो जिल्ला हो । यस जिल्लाको क्षेत्रफल २४४२ वर्ग कि.मिहेको छ । यस जिल्लाको उत्तरमा चिनको स्वसासित क्षेत्र तिब्बत, पुर्वमा दोलखा, दक्षिणमा रामेछाप र काभ्रे, पश्चिममा काठमाडौं र नुवाकोट जिल्ला रहेका छन् । कुल २,६०,०२६ हेक्टर क्षेत्रफल भु–भागमा फैलिएको यस जिल्लाको कुल भू-भागमा ९६९३ हेक्टर हिउले ढाकेको, २७,३३५ हेक्टर चट्टान, १५,००० हेक्टर बन-जंगलक्षेत्र, १९,३०५ हेक्टर चरन क्षेत्र र ६६,७१६ हेक्टर अन्य जमिन छ भने जम्मा ३२,९३३ हेक्टर खेतीयोग्य जमिन रहेको छ ।

२) मौसमी अवस्थाः-

समुद्रि सतहबाट करिब ६७१ मिटर देखि ७०८६ मिटर उचाईमा रहेको यस जिल्लाको सदरमुकाम चौतारा सुमन्द्रि सतहबाट १४१८ मिटरको उचाइमा र यहाको अधिकतम तापक्रम ३२.५ डिग्रि सेल्सियस देखि न्युनतम ५ डिग्रि सेल्सियस रहेको र औषत २६१.५ मिलि मिटर बर्षा हुने गर्दछ ।

 

३)प्राकृतिक अवस्था

सिन्धुपाल्चोक जिल्ला प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले राष्ट्रको उत्कृष्ट जिल्लाहरुको दांजोमा आउँदछ । यस जिल्लाको प्रमुख प्राकृतिक सम्पदाहरुमा जलस्रोतजङ्गलर हिमाली टाकुराहरु प्रमुख हुन् । भोटेकोशी, सुनकोशी, ईन्द्रावति, ब्रम्हायणि र मेलम्ची जस्ता प्रमुख नदी हरु तथा पांचपोखरी, भैरवकुण्ड र सुर्यकुण्ड नामक तीन प्रसिद्ध कुण्ड र संधैभरी तातोपानि आईरहने तातोपानी धारा, बञ्जीजम्प स्थल ,हेलम्बु तथा जिल्लाको उत्तरी भागमा १,१५,००० हेक्टर क्षेत्रफल ओगटेको लाम्टाङ बन्यजन्तु आरक्ष, उत्तरी भागमा ६,५३५ मिटर उचाईको जुगल हिमाल र अन्य हिमाल रहेको छन् भने ईन्द्रावति नदीको फांट, जलबिरे खोलाको फांट र सुनकोशी नदीको वरीपरी  जस्ता सुबिख्यात पर्यटकिय स्थलहरुकलासाहित्य र संस्कृतिले जिल्लाको पहिचानलाई देशभित्र र बाहिर समेत स्थापित गरेको  जसको कारणले गर्दा यस जिल्लालाई प्राकृतिक तथा पर्यटकीय दृष्टिकोणले उत्कृष्ट मानिन्छ ।

 

४)व्यापारीक अवस्था

उत्तरमा रहेको प्रमुख भन्सार बिन्दु तातोपानी  समेत यसै जिल्लामा पर्दछ  । कोदारी लोकमार्ग चीनसंगको ब्यापारका लागि देशकै प्रमुख पारवहन मार्ग जिल्लाकै निम्ति गौरब गर्ने विषय हो ।   

५)धार्मिक अवस्था

यस जिल्लामा तामाङ, गुरुङ, लिम्बु, बाहुन, क्षेत्री, नेवार आदी समुदायका मानिसहरुको बसोबास रहेको छ । यी समुदायका मानिसहरुले विभिन्न धर्महरु अवलम्वन गरेको पाईन्छ जसमा बौद्ध धर्मावलम्वीहरुको वाहुल्यता रहेको छ ।  यसका साथै हिन्दु , क्रिस्चियन धर्म मान्ने वर्गहरुको पनि बसोबास रहेको पाईन्छ । लिस्तिकोट, उग्रचण्डि, त्रिपुरासुन्दरी, पाल्चोक भगवति,कोटमौलो, गौरति भिमेश्वर मन्दिर तथा लार्के घ्याङ गुम्बा सम्बन्धित समुदायका धार्मिक आस्थाको केन्द्रको रुपमा रहेका छन् ।

६) राजनैतिक अवस्था

•  यस जिल्लामा संघीय निर्वाचन क्षेत्र २ वटा र प्रदेश निर्वाचन क्षेत्र –४ वटा रहेका छन् । जिल्लाका १२ स्थानीय तहमध्ये ३ वटा नगरपालिका र ९ वटा गाउँपालिका छन् । चौतारासाँगाचोकगढी, बाह्रबिसे र मेलम्ची नगरपालिका हुन् भने ईन्द्रावती, जुगल, भोटेकोशी, सुनकाेशी,  लिसंखुपाखर, त्रिपुरासुन्दरी, पाँचपोखरी थाङ्पाल, हेलम्बु र बलेफी गाउँपालिका हुन् ।

पछिल्लो अपडेट गरिएको : 2083-02-20 15:45:27

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .