Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

प्रजिअवाट जारी आदेश

2078-10-14

2078-10-14


सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीबाट मिति २०७८ माघ १४ मा जारी आदेश

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत बढ्दै गई सिन्धुपाल्चोक जिल्लामा समेत संक्रमण दर तीब्र रुपमा बढिरहेको हुँदा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकार (मन्त्रिपरिषद्) का निर्णयहरु, कोभिड-१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन कार्यविधि, २०७८, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७८/१०/१५ गते राती १२:०० बजे देखि मिति २०७८/१०/२९ गते राती १२:०० बजेसम्मका लागि लागु हुने गरी देहायको आदेश जारी गरिएको छ ।

  • जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापहरु नगर्ने ।
  • सेमिनार  समीक्षा  वैठक जस्ता क्रियाकलापहरु संचालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिक रुपमा     उपस्थित भई गर्नु पर्ने भएमा कोभिड-१९ संक्रमण नभएका तथा सो विरुद्धको पूर्ण खोप लागाएका बढीमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरी गराई संचालन गर्ने ।
  • डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थ क्लव, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र   मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरु संचालन नगर्ने ।
  • विश्वविद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरु भौतिक उपस्थितिमा संचालन नगर्ने । त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई गर्ने ।
  • कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि संचलान गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी संचालन  गर्ने ।
  • मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने ।
  • अनावश्यक रुपमा चिज बस्तु नछुने, दुई व्यक्तिको बीचमा कम्तीमा दुई  मिटर दुरी कायम गर्ने,  मास्क अनिवार्य गर्ने, पटक-पटक साबुन पानीले हात धुने वा सेनिटाईज गर्ने गरी संचालन गर्ने । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने-गराउने दायित्व सम्बन्धित व्यवस्थापक वा संचालकको हुने ।
  • ब्रतबन्ध, न्वारान तथा पास्नी जस्ता धार्मिक, साँस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम संचालन गर्ने गराउने ।
  • पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका   अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु संचलान गर्दा ५० जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र संचालन गर्ने ।
  • सार्वजनिक यातायात संचालन सम्बन्धमा संचालकहरुले देहाय बमोजिम गर्नेः-

(क) सिट क्षमता भन्दा बढी यात्रु नराख्ने । (ख) सबै यात्रुलाई मास्क अनिवार्य गर्ने। (ग) सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नु पर्ने । (घ) चालक तथा सहचालकले मास्क र फेस-सिल्ड लगाउनु पर्ने । (ङ) सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नु पर्ने । (च) सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रुपैंया लिई मास्क उपलव्ध गराउनु पर्ने । (छ) मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने । (ज) लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात संचालन गर्ने र यात्रुहरुको विवरण दुरुस्त राख्ने । (झ) लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने ।

  • कार्यालय र पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने । कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा ५ रुपैंया लिई मास्क उपलव्ध गराउने । मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेश नदिने ।

  • होटल तथा रेष्टुरेण्टले देहाय बमोजिमका मापदण्ड पालना गरी सेवा दिनेः-

(क) होटल तथा रेष्टुरेण्टका कामदारले अनिवार्य रुपमा मास्क, फेस-सिल्ड र पन्जा लगाउने ।

(ख) होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्ने सबै सेवाग्राहीलाई मास्क अनिवार्य गर्ने ।

(ग) कूल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्ने ।

(घ) सेनिटाइजरको व्यवस्था गर्नु पर्ने ।

(ङ) होटेल तथा रेष्टुरेण्टलाई नियमित रुपमा निसङ्क्रमित गर्नु पर्ने ।

(च) होटेल तथा रेष्टुरेण्टमा कुनै सेवाग्राही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा ५ रुपैंया लिई मास्क उपलव्ध गराउनु पर्ने र मास्क नलगाउने व्यक्तिलाई होटेल तथा रेष्टुरेण्ट प्रवेश गर्न नदिने ।

(छ) खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीलाई मात्र खोप कार्डको आधारमा होटेल तथा रेष्टुरेण्ट प्रवेश गर्न दिने ।

(ज) होटेलले आफ्नो होटलमा बास बस्ने ग्राहकलाई एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाउने, नतिजा आए अनुसार उपयुक्त सहयोग गर्ने र सोको अभिलेख राम्ररी राख्ने ।

  • राष्ट्रिय राजमार्गहरुमा संचालित होटेल तथा रेष्टुरेण्टहरुले जनस्वास्थ्य र स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिने ।
  • सबै प्रकारका व्यवसायहरुको अग्रपङ्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरुलाई नियमित सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको २ पटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका      व्यक्तिलाई मात्र काममा खटाउने ।
  • जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१९ को चिन्ह वा लक्षण देखिएमा अनिवार्य रुपमा ५ दिन क्वारेण्टिनमा बस्ने र ५ दिन पछि कोभिड-१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा सेवामा खटिने ।
  • सार्वजनिक सेवा प्रदायकहरुले प्रमाण हेरी सेवा स्थल प्रवेश दिने व्यवस्था मिलाउने ।
  • नियमित रुपमा संचालन हुनुपर्ने स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरी नियमित संचालन गर्ने ।

  • संस्थाको साधारण सभा वा वैठक भर्चुअल र भौतिक उपस्थितिलाईसमेत गणपूरक संख्या मान्ने र सम्बन्धित संस्थाको गणपूरक संख्या सम्बन्धमा भर्चुअल उपस्थितिलाईसमेत गणपूरक संख्यामा गणना गर्ने व्यवस्था गर्ने ।

  • कुनै पनि सार्वजनिक संस्थाको पदाधिकारी वा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएमा उपचार पश्चात वा आइसोलेसन पश्चात कोभिड-१९ परीक्षण गरी नेगेटिभ नतिजा आएमा मात्र काममा खटिने ।

  • भौतिक रुपमा सार्वजनिक सेवा लिन खोप कार्ड आवश्यक पर्ने भएकोले सबैले खोप लगाई सोको प्रमाण आफूसँग राख्ने, सार्वजनिक सेवा प्रदायकहरुले प्रमाण हेरी सेवा स्थल प्रवेश दिने व्यवस्था मिलाउने ।

  •  यस आदेशमा उल्लेख भए बाहेकका अन्य सेवा वा कार्यसँग सम्बन्धित निकाय, सार्वजनिक, निजी, गैरसरकारी संघसंस्था, कल कारखानाले त्यस्तो सेवा वा कार्य संचालन गर्दा गराउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु गराउनु पर्नेछ ।

  • व्यावसायिक, पेशागत र सामुदायिक संघ संस्थाले यो आदेशको पालना गर्ने गराउने र कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनमा सहयोग गर्नुपर्नेछ ।

  • यस आदेशमा लेखिएकोमा यसै बमोजिम र अन्य कुराको हकमा नेपाल सरकारले अन्य आदेश वा सम्बन्धित मन्त्रालयले जारी गरेका मापदण्ड वा आदेश बमोजिम हुनेछ ।

  • यस आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ । यस आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुर्याउने व्यक्ति तथा संस्थालाई सङक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही र सजाय हुनेछ ।

 

मितिः- २०७८।१०/१४                                                    

(वेदनिधि खनाल)

 प्रमुख जिल्ला अधिकारी

 

पछिल्लो अपडेट गरिएको : 2083-03-04 15:34:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .