2 महिना अगाडी
2079-12-21
मिति २०७९/१२/२१ गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी श्री रमेश न्यौपानेद्वारा जिल्ला प्रहरी कार्यालय, सिन्धापल्चोकको निरीक्षण अनुगमन कार्य सम्पन्न भयो । अनुगमनका क्रममा जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्री बाल नरसिंह राणाले कार्यालयको समग्र अवस्थाका बारेमा प्रस्तुतीकरण दिनुभयो ।प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख लगायत सम्पूर्ण कर्मचारीहरुलाई सफलतापूर्वक कार्य सम्पादन गरेकोमा धन्यवाद वयक्त गर्दै आगामी दिनमा अझ बढी सुधारकेन्द्रित हुन र आफ्नो जिम्मेवारी उच्च मनोवलका साथ सम्पन्न गर्न विभिन्न निर्देशनहरू दिनुभयो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक
Powered By: ProActive Developers