Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

ई-पासपोर्ट जारी हुने

राहदानी शाखा

2078-10-09

2078-10-09


सिन्धुपाल्चोक जिल्लाबाट पनि ई-पासपोर्ट जारी गर्न तयारी गरी मिति २०७८ माघ ७ गते परीक्षण भएको छ । माघ ९ गते देखि सामान्य रुपले आवेदन लिन शुरु हुनेछ । कोभिड-19 समेतका कारण तत्कालको लागि दैनिक करिव २५ वटा आवेदन लिन सकिनेछ । क्रमशः सँख्या वढ्दै जानेछ ।
ई-पासपोर्टको आवेदन अनलाईन गर्नु पर्छ । जसको लागि https://nepalpassport.gov.np/ मा गई Apply for ePassport मा क्लिक गरी पढेर आफुलाई उपयुक्त हुने किसिमको राहदानी आवेदन गर्नु पर्छ । १६ बर्ष माथिका निवेदकलाई राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य हुन्छ ।
आवेदन गरिसकेपछि प्रणालीले तपाईले कार्यालयमा सम्पर्क राख्ने समय बुक गरी जानकारी देखाउँछ । उक्त बुकिङ् प्रमाण (Printed or digital) आफुसँग राखी बुक गरेको समयमा कार्यलमा संपर्क राख्नु पर्छ । कार्यालयले तपाईँको आवेदन रुजु गर्छ, सच्याउनु पर्ने भए सच्याउँन लगाउँछ र बैंकमा गएर राजश्व तिरेको भौचर लिएर आउन आग्रह गर्नेछ । भौचर प्राप्त भएपछि निवेदकको फोटो खिचिन्छ ।
राहदानी बनेपछि सोको जानकारी तपाईँको मोवाइलमा आउनेछ । त्यसपछि भौचर र नागरिकता सहित कार्यलयमा आएर राहदानी बुझ्न सकिन्छ ।
ई-राहदानी दस्तुर सामान्यतः साविकको MRP कै झैं छ । थप जानकारीका लागि https://nepalpassport.gov.np/ मा जानुहोला । धन्यवाद ।

पछिल्लो अपडेट गरिएको : 2083-03-04 15:34:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोक .