Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sindhupalchok

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Sindhupalchok

Saturday, Jestha 30, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

राष्ट्रिय परिचय-पत्र

ONLINE आवेदन फाराम भरी सो को प्रिन्ट साथै सक्कल नेपाली नागरिकता प्रमाणपत्र लिई जिल्ला प्रशासन कार्यालयमा आउनुपर्छ ।
नेपाली नागरिकताको सक्कल प्रमाणपत्र,
नागरिकताको प्रमाणपत्रमा जन्ममिति उल्लेख नभएको हकमा–जन्ममिति खुलेको कुनै सरकारी कागजात,
बसाईसराई, विवाह वा सम्बन्ध विच्छेद भएका सेवाग्राहीको हकमा सो सम्बन्धि कागजात,
पति वा पत्निको मृत्यु भएको भए मृत्युदर्ता प्रमाणपत्र ।
नागरिकताको हकमा सक्कलै र अन्य कागजातको हकमा प्रतिलिपि भएपनि हुन्छ ।
बसाईसराई दर्ता प्रमाणपत्र, विवाह दर्ता र सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र आवश्यक पर्छ ।
तलका वेभ लिङ्क मार्फत आवेदन नम्बर प्रविष्टी गरेर
https://citizenportal.donidcr.gov.np/en/check-nid-card-status
तलका वेभ लिङ्क मार्फत आवश्यक विवरण भरेर
https://citizenportal.donidcr.gov.np/en/check-national-id-number
आवेदन फाराम भर्दा उल्लेख गरेको मोवाईल नं मा Message आउँछ ।
तलको वेभ लिङ्क मार्फत
https://citizenportal.donidcr.gov.np/en/check-nid-card-status
स्थायी ठेगाना सिन्धुपाल्चोक राखी आवेदन फाराम भरेको भए राष्ट्रिय परिचयपत्रमा उल्लेखित स्थायी ठेगाना भएको पालिकामा गई लिन सकिन्छ ।
स्थायी ठेगाना बाहिरी जिल्ला भई आवेदन सिन्धुपाल्चोक जिल्लाबाट दिएकाहरुको हकमा जिल्ला प्रशासन कार्यालयबाट आवेदन दिएका सेवाग्राहीहरुले जिल्ला प्रशासन कार्यालयबाटै र पालिका/अभियानबाट आवेदन दिएकाहरुको हकमा सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र कार्ड प्राप्त गर्न सक्नेछन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्‍जिकरण विभागबाट स्वीकृत हुने भएकोले समयावधि एकिन हुन नसक्ने
राष्ट्रिय परिचयपत्र संशोधन गर्नुपरेमा सक्कल राष्ट्रिय परिचयपत्र प्राप्त गरे पश्‍चात संशोधन गर्नुपर्ने विवरण उल्लेख गरी संशोधन फारम भरी रु. ५००।- (पाँच सय) बैंक दाखिला भौचर पेश गरे पश्‍चात संशोधन गर्न सकिन्छ साथै आफ्नो नागरिकता र आवश्यक सम्पूर्ण कागजातहरु सक्कल लिएर आउनुपर्दछ ।
सकिंदैन । राष्ट्रिय परिचयपत्र नम्बर स्वीकृत नहुँदै राहदानीको लागि आवेदन गरेमा राहदानी अस्वीकृत हुन्छ ।
बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने, अशक्त, असहाय वा ९० वर्ष माथिका नागरिकको हकमा राष्ट्रिय परिचयपत्र आवश्यक पर्दैन ।
राहदानी,
शैक्षिक योग्यताकको प्रमाणपत्र,
पेन्सनको कागजात,
अंग्रेजी भाषामा नाम/थर भएको कुनै सरकारी कागजात ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको टोल फ्रि नं १६६००१९६६६६ मा सम्पर्क गर्नुपर्छ साथै निम्‍न नम्बरहरुमा समेत सम्पर्क गर्न सकिनेछ ।  ०१–४२०००१४, ०१–४२००८९४

Last Updated : 2083-02-20 15:45:27

© All Rights Reserved to District Administration Office, Sindhupalchok .