राहदानी विभागको वेवसाईटको गई Online Application For E-Passport मा Click गरे पश्चात आफैले आवेदन गर्न सकिन्छ।
आवश्यक सक्कल कागजातहरु साथै लिई आउनुपर्छ।
नेपाल बैंक लिमिटेडमा गई दस्तुर बुझाउनुपर्छ वा E-sewa बाट तिर्नु पर्छ।
नयाँ राहदानी र नवीकरणको लागि रु पाँच हजार र हराएको वा विग्रिएको भए रु दश हजार दस्तुर लाग्दछ।
राहदानी हराएमा पुन अर्को राहदानीको लागि प्रहरी रिपोर्ट/पत्रिकामा सूचना प्रकाशनको आवश्यक पर्छ/पर्दैन?
आवश्यक पर्दैन।
नागरिकता,
बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाणपत्र,
विवाहितको हकमा विवाहदर्ता प्रमाणपत्र,
सम्बन्ध विच्छेदको हकमा सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र,
नविकरणको हकमा पुरानो राहदानीको सक्कल प्रति
एक (१) वर्ष भन्दा कम अवधि बाँकी भए पश्चात मात्र।
मिल्दैन, राहदानी विभागबाट मात्र इमर्जेन्सी राहदानीको लागि आवेदन गर्न मिल्छ।
पर्दैन
सम्बन्धित स्थायी ठेगाना भएको वडा कार्यालयबाट एकै व्यक्ति सम्बन्धी वडा सिफारिस लिई जिल्ला प्रशासन कार्यालयबाट समेत एकै व्यक्ति प्रमाणित सिफारिस बनाउनु पर्छ।
थप रु पाँच हजार (जिल्लाबाट आवेदन गर्दा)।
रु दश हजार (जिल्लाबाट आवेदन गर्दा)।
जिल्ला प्रशासन कार्यालयबाट नाबलक परिचयपत्र बनाए पश्चात अनलाईन आवेदन फाराम भरी तोकिएको दस्तुर बुझाई नाबालक स्वयम् Enrollment Center मा उपस्थित हुनुपर्छ।
दश वर्ष भन्दा कम उमरेका नाबलकलाई रु २५००।–
सो भन्दा माथि उमेरको हकमा रु ५०००।– शुल्क लाग्छ (जिल्लाबाट आवेदन गर्दा)
नाबालक परिचयपत्रको जिल्ला प्रमाणिकरण लिई जानुपर्छ। अन्य सिफारिस आवश्यक पर्दैन।
