नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
सिन्धुपाल्चोक


  जिल्लाको परिचय

जिल्लाको उत्तरमा रहेको सिन्धु नदी र पाल्चोक भगवतीको नामबाट नामाकरण गरिएको मध्य क्षेत्रको बागमती अञ्चलमा पर्ने सिन्धुपाल्चोक जिल्ला २७.२७ उत्तर देखि २८.१३ उत्तरी आक्षांस र ८५.२७ पुर्व देखि ८६.०६ पुर्व सम्म देशान्तरमा अबस्थित रहेको छ । नेपाल राष्ट्रको कूल क्षेत्रफल मध्ये १.७३% भू-भाग ओगटेको सिन्धुपाल्चोक जिल्ला मध्यमाञ्चल बिकास क्षेत्रको १९ वटा जिल्लाहरु मध्ये क्षेत्रफलका दृष्टिले सबैभन्दा ठुलो जिल्ला हो । यस जिल्लाको क्षेत्रफल २४४२ वर्ग कि.मि. हेको छ । यस जिल्लाको उत्तरमा चिनको स्वसासित क्षेत्र तिब्बत, पुर्वमा दोलखा, दक्षिणमा रामेछाप र काभ्रे, पश्चिममा काठमाडौं र नुवाकोट जिल्ला रहेका छन् । कुल २,६०,०२६ हेक्टर क्षेत्रफल भु–भागमा फैलिएको यस जिल्लाको कुल भू-भागमा ९६९३ हेक्टर हिउले ढाकेको, २७,३३५ हेक्टर चट्टान, १५,००० हेक्टर बन-जंगलक्षेत्र, १९,३०५ हेक्टर चरन क्षेत्र र ६६,७१६ हेक्टर अन्य जमिन छ भने जम्मा ३२,९३३ हेक्टर खेतीयोग्य जमिन रहेको छ ।

२) मौसमी अवस्थाः-

समुद्रि सतहबाट करिब ६७१ मिटर देखि ७०८६ मिटर उचाईमा रहेको यस जिल्लाको सदरमुकाम चौतारा सुमन्द्रि सतहबाट १४१८ मिटरको उचाइमा र यहाको अधिकतम तापक्रम ३२.५ डिग्रि सेल्सियस देखि न्युनतम ५ डिग्रि सेल्सियस रहेको र औषत २६१.५ मिलि मिटर बर्षा हुने गर्दछ ।

 

३)प्राकृतिक अवस्था

सिन्धुपाल्चोक जिल्ला प्राकृतिक सम्पदा र सुन्दरताका दृष्टिले राष्ट्रको उत्कृष्ट जिल्लाहरुको दांजोमा आउँदछ । यस जिल्लाको प्रमुख प्राकृतिक सम्पदाहरुमा जलस्रोत, जङ्गल, र हिमाली टाकुराहरु प्रमुख हुन् । भोटेकोशी, सुनकोशी, ईन्द्रावति, ब्रम्हायणि र मेलम्ची जस्ता प्रमुख नदी हरु तथा पांचपोखरी, भैरवकुण्ड र सुर्यकुण्ड नामक तीन प्रसिद्ध कुण्ड र संधैभरी तातोपानि आईरहने तातोपानी धारा, बञ्जीजम्प स्थल ,हेलम्बु तथा जिल्लाको उत्तरी भागमा १,१५,००० हेक्टर क्षेत्रफल ओगटेको लाम्टाङ बन्यजन्तु आरक्ष, उत्तरी भागमा ६,५३५ मिटर उचाईको जुगल हिमाल र अन्य हिमाल रहेको छन् भने ईन्द्रावति नदीको फांट, जलबिरे खोलाको फांट र सुनकोशी नदीको वरीपरी  जस्ता सुबिख्यात पर्यटकिय स्थलहरु, कला, साहित्य र संस्कृतिले जिल्लाको पहिचानलाई देशभित्र र बाहिर समेत स्थापित गरेको  जसको कारणले गर्दा यस जिल्लालाई प्राकृतिक तथा पर्यटकीय दृष्टिकोणले उत्कृष्ट मानिन्छ ।

४)व्यापारीक अवस्था

उत्तरमा रहेको प्रमुख भन्सार बिन्दु तातोपानी  समेत यसै जिल्लामा पर्दछ  । कोदारी लोकमार्ग चीनसंगको ब्यापारका लागि देशकै प्रमुख पारवहन मार्ग जिल्लाकै निम्ति गौरब गर्ने विषय रहेता पनी हालै आएको बिनासकरी भुकम्पको कारण उक्त मार्ग पुर्ण क्षति भइ हालसम्म सञ्चालनमा आउन सकेको छैनधान, मकै,कोदो, गहुं, जौ र फापर जिल्लाको मुख्य बाली हुन् ।

५)धार्मिक अवस्था

यस जिल्लामा तामाङ, गुरुङ, लिम्बु, बाहुन, क्षेत्री, नेवार आदी समुदायका मानिसहरुको बसोबास रहेको छ । यी समुदायका मानिसहरुले विभिन्न धर्महरु अवलम्वन गरेको पाईन्छ जसमा बौद्ध धर्मावलम्वीहरुको वाहुल्यता रहेको छ ।  यसका साथै हिन्दु , क्रिस्चियन धर्म मान्ने वर्गहरुको पनि बसोबास रहेको पाईन्छ । लिस्तिकोट, उग्रचण्डि, त्रिपुरासुन्दरी, पाल्चोक भगवति,कोटमौलो, गौरति भिमेश्वर मन्दिर तथा लार्के घ्याङ गुम्बा सम्बन्धित समुदायका धार्मिक आस्थाको केन्द्रको रुपमा रहेका छन् ।

६) राजनैतिक अवस्था

•            ३ वटा निर्वाचन क्षेत्र रहेको यस सिन्धुपाल्चोक जिल्लाको राजनैतिक अवस्थालाई बिश्लेषण गर्दा २०७० सालको दोस्रो संविधान सभामा निर्वाचन क्षेत्र नं. १ मा नेपाली काङ्ग्रेस, क्षेत्र नं. २ मा ए.ने.क.पा. माओबादी, क्षेत्र नं. ३ मा ने.क.पा. एमाले लगाएत रा.प्र.पा. को बर्चस्व रहेको देखियो । ३ जना प्रत्यक्ष र ३ जना समानुपातिक सभासद् गरी जम्मा ६ जना सभासद् यस जिल्लामा रहेको ।

  • घुम्ती शिविर --

    मिति २०७३।१०।१३ गतेको दिन सिन्धुपाल्चोक जिल्लाको निर्वाचन क्षेत्र नं ३ स्थित थकनी, भोटेचौर, हैबुङ र सिन्धुकोट गाविसका जनतालाई सेवा दिन थकनी गाविस वडा नं १ काउले दोभान स्थित श्री कृष्ण उमाविको प्राङगणमा घुम्ती शिविर संचालन गरी निम्नानुसार सेवा प्रदान गरियो । १ जिल्ला प्रशासन कार्यालय - ५८१ २ जिल्ला निर्वाचन कार्यालय, फोटोसिहत मतदाता नामावली -३०९ ३ जिल्ला जनस्वास्थ्य कार्यालय, स्वास्थ्य परिक्षण -२१९ ४ महिला तथा वालवलिका कार्यालय, अपाङ्ग परिचयपत्र वितरण १० र जेष्ठ नागरिक परिचय पत्र १६ ५ पशु सेवा कार्यालय - ३४०० पशुपंक्षीको स्वास्थ्य परिक्षण तथा औषधि वितरण ६ जिल्ला कृषि कार्यालय -५०० जना कृषकलाई वालि तरकारी वितरण ७…

  • घुम्ती शिविर --

    मिति २०७३/०९/२८ मा यस जिल्लाको ठोकर्पा गा‍.वि.स भवनमा सञ्चालित घुम्ती शिवीरमा ठोकर्पा,कालिका,लिसंखु गा.वि.स. का सेवाग्राही लाई लक्षति गरी सञ्चालन गरिएकाे घुम्टी शिविरमा कुल ५३८ नागिकरता वितरण गरियो ।

  • जुरे पहिराे --

    मिति २०७१।४।१७ गते राती सिन्धुपाल्चाेककाे मा‌खा गा‍ वि स स्थित जुरेमा गएकाे पहिराेका कारण सुनकाेशी नदी थुनियाे ।

NO record found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय